काठमाडौं, फागुन ३०
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गर्ने निर्णय लिएको छ । स्वास्थ्यमा निक्कै उल्लेख्य सुधार आएपछि आज साँझ डिस्चार्ज गर्न लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रम ओलीलाई आज डिस्चार्ज गर्न लागिएको जानकारी दिनुभयो । प्रम ओली १९ फागुनमा अस्पताल भर्ना हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्