जनता टाइम्स

१ चैत्र २०७६, शनिबार ०९:४६

कोरोनाको आशंका गरिएका चारै नेपालीको नतिजा ‘नेगेटिभ’


काठमाडौं, चैत १ । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नदेखिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।

उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको प्रवक्ता बाँस्तोलाले जानकारी दिनुभयो । उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

चारजनामध्ये दुई पुरुष र दुई महिला छन्। नेपालमा अहिलेसम्म एक जनामा मात्र कोरोना संक्रमण भेटिएको छ। त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन।