काठमाडौं, चैत १
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध भईरहेको तयारीका विषयमा विशेष चासो व्यक्त गर्नुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुग्नु भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उहाले सरकारी तयारीका विषयमा जानकारी माग गर्नुभएको हो ।
कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक रहनु भएका मन्त्री पोखरेलसँग उहाले विशेष चासो व्यक्त गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री ओलीले विशेष अस्प्ताल तयार पार्ने विषयमा चासो दिनु भएको थियो । उहाहरुसँग सचिवालय सदस्य एंव पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठपनि स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुग्नु भएको थियो ।
नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथामबारे चासो दिनुभएको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामबारे चासो लिनुभयो, अहिलेसम्म भएका कामका विषयमा जानकारी लिदै अस्पताल निर्माण बारे विशेष जोड दिनुभयो’, उहाले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले रोकथामको प्रयासबारे पनि बुझ्दै कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिनुभयो । ‘पूर्व तयारीमा जोड दिनुभयो । यदि, कोरोनाको संक्रमण देखिहालेमा त्यसका लागि विशेष अस्पताल तयार पार्नुपर्नेमा प्रधानमन्त्रीको चासो छ”, मन्त्री ढकालले भन्नुभयो । यसअघि प्रधानमन्त्री ओलीले अस्पतालको शैययाबाटै भारतीय समकक्षी नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्क सदस्यलाई एकजुट हुन गरेको आव्हानलाई समेत स्विकार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्