जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १३:२५

अमेरिकी दूतावासले गर्यो डिभी र गैरआप्रवासी भिसा बन्द, जारी गर्यो यस्तो सूचना


काठमाडौं, चैत ३ । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागू हुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको छ ।

कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको जनाएको छ । अमेरिकी दूतावासले जतिसक्यो चाँगो भिसा सेवा पुनर्सञ्चालन गर्ने जनाएको छ । ‘यस बखत निश्चित समय तोक्न असमर्थ छौँ । एमआरभी शुल्क जनु मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एकवर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहेछ,’ दुतावासको सूचनामा भनिएको छ ।

अमेरिकाले अति जरुरीमा तत्कालै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट गर्नका लागि विशेष इमेलको व्यवस्थासमेत गरेको छ । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौँ तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं । एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ,’ सूचनामा भनिएको छ ।