काठमाडौँ, चैत ५
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले प्रदेश–२ को नाम मधेश नराखेकोमा आक्रोश पोख्नु भएको छ । मिथिला भाषीको बाहुल्य रहेको सो प्रदेशमा उहाले हिन्दी भाषाबाट सामाजिक सञ्जालमा आक्रोश पोख्नु भएको हो ।
नेपालको संविधानमै ‘मधेसी पहिचान’ स्वीकार हुँदा प्रदेश नम्बर २ को नाम ‘मधेस’ किन राख्न नहुने भन्दै प्रश्न समेत गर्नुभएको छ । मंगलबार सत्तारुढ दलहरु समाजवादी पार्टी र राजपाको संयुक्त प्रस्ताव अस्वीकृत भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोख्नु भएको हो । उहाले हिन्दीमा ट्वीट गर्दै लेख्नु भएको छ, ‘हाम्रा पूर्वमाओवादी कमरेड मातृका यादव, प्रभु साह, भरत साह कहाँ हुनुहुन्छ ? र पूर्वनयाँशक्तिवाला मित्रहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हुनुहुन्छ ? केही त लाज मान्नुहोस् मित्रहरु !’
मंगलबार प्रदेशको २ को प्रस्तावित चार नाममा मतदान भए पनि छिनोफानो भने हुन सकेन । सत्तारुढ समाजवादी र राजपा, प्रतिपक्ष नेकपा, कांग्रेस र पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रदेशसभामा दर्ता गरेका छुट्टा छुट्टै प्रस्तावमा दुई तिहाइ बहुमत नजुटेको हो ।
प्रतिक्रिया दिनुहोस्