जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १०:१६

जन्मदिनमै पूर्वप्रधानमन्त्री खनालले गरे भेटघाट बन्द


काठमाडौं, चैत ६

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरसका कारण आजदेखि नियमित भेटघाट बन्द गर्नुभएको छ । वरिष्ठ नेता खनालले पनि सबै भेटघाट स्थगित गर्नुभएको उहाका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

खनालको आज जन्मदिन समेत रहेको र जन्मदिनको अवसर पारेर पूर्वनिधारित गरिएका कार्यक्रम समेत स्थगित गरिएको उहाले बताउनु भयो । सरकारले यसअघि नै अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन, २५ जना भन्दा बढि भेला नहुन, सार्वजनिक स्थलहरु सकेसम्म बन्द गर्न निर्देशन दिईसकेको छ ।