काठमाडौं, चैत ६ । लोक सेवा आयोगले चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । लोक सेवा आयोगको आजको बैठकले यस्तो निर्णय गरेको हो । कार्यकारी परिषद्ले परीक्षा स्थगित गर्न सबै सङकाय तथा परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार लोक सेवा आयोगले समेत चैत महिना भरिको सवै परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो ।
संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको स्वास्थ्य सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गरी चैत ०८ गते शनिवार देखि २०७६ चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन गरिने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको लोक सेवा आयोगका उपसचिव एक नारायण शर्माले चैत ०६ गते विज्ञप्ती जारी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्