जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १२:२६

कोरोना रोक्न अल सल्वाडोरबाट विश्वले सिक्ने की !


काठमाडौं, चैत ७

विश्व अहिले सबैभन्दा ठुलो मानविय खतरा र आर्थिक संकटबाट गुज्रिरहेको छ । चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसको चपेटाबाट विश्वका अधिकाशं देश आशिंक र पूर्ण रुपमा संकटमा फसेका छन् ।

कतिपय देशमा ठुलो क्षति पु¥याईसकेको छ भने कतिपय देशमा शुरुवाति चरणमा देखिएको छ । सबैभन्दा ठुलो क्षति चिनपछि अहिले इटालीमा देखिएको छ । इटालीमा यो भाइरसबाट अहिलेसम्म ३ हजार ४ सय ५ जनाले ज्यान गुमाईसकेका छन् । स्थिति यस्तो भयावह छ कि अस्पतालमा मृत्यु हुनेहरुका आफन्त पनि आएका छैनन् । उनिहरुको शव कफनमा राखिएको छ भने उनिहरुका सामान पनि सोही कफिनमा हालिएर राखिएका छन् ।

लोम्बार्डी क्षेत्रमा रहेको बेर्गामोमा एक करोड २० लाख मानिस बस्छन् । त्यहाँ बुधवारसम्ममा १९ सय ५९ जनाको मृत्यु भइसकेको छ । परिस्थिति अत्यन्त गम्भीर बनेपछि बुधवार राति सेनालाई बेर्गामो शहरको चिहानबाट ६५ वटा कफिन हटाएर मोदेना र बोलोग्ना लग्न बोलाइएको थियो । उक्त क्षेत्रका सबभन्दा ठूलो फ्युनरल निर्देशक सीएफबीले मार्च १ बाट ६०० वटा अन्तिम संस्कार गरिएको छ ।

यहा इटालीको चर्चा यसकारण गरिएको छ कि शुरुमा उसले यो अवस्था आउने आकंलन नै गरेको थिएन । तर, विश्वमा यस्ता देशपनि छन्, जसले यो स्थितिको पहिला नै अनुमान लगाएको थियो । ल्याटिन अमेरिकी देश अल सल्वाडोरले विश्वले के भन्छ र मान्छेले के भन्छन भन्ने वास्ता नै नगरी निक्कै पहिला नै विदेशीलाई प्रवेशमा रोक लगाएको थियो । उत्तरमा क्यानडा–अमेरिका, दक्षिणमा अर्जेन्टिना–चिलीसम्म कोरोना फैलिएको थियो । तर, ६४ लाख जनसख्या रहेको अल सल्वाडोरमा अहिलेसम्म कोरोना देखिएको छैन ।

यसको कारण हो, यसका विरामी यहा आउनु भन्दा पहिला नै यसले सबै बाटो बन्द गरिदिएको थियो । तीन साताका लागि विद्यालय बन्द गरिदिएको छ । विदेशबाट आउने कोही पनि नागरिकलाई अनिवार्य ३० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको छ । जबकी विश्वका अन्य देशमा १४ देखी १५ दिन भनिएको छ । अन्य कुनै पनि देशका पर्यटकलाई भ्रमणमा प्रतिवन्ध लगाईसकेको छ ।

राष्ट्रपति नायिब बुकेले आफुहरुको स्वास्थ्य सेवा इटाली र दक्षिण कोरियाको जस्तो नभएको बताउदै भन्नुभयो, ‘ताकी हामी यो भाइरसविरुद्ध लड्न सकौं । यसै कारण हामीले हाम्रा नागरिक  बचाउनका लागि शुरुमै यति कडा नियम लागु गर्यो ।’ उहाले आफुहरुको फैसलालाई सम्झनका लागि इटालीको दृष्टिकोणबाट हेर्नुपर्ने बताउनु भयो । ‘इटाली आज पनि सोचि रहेको होला, ‘काश’ हामीले पनि पहिला यस्तो व्यवस्था गरेको भए हुने थियो ।’