काठमाडौं, चैत ९
सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सिमानाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान १० बजेदेखि १६ गतेसम्म भारत र चीनसँगको सबै सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्