जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार १६:४५

कोरोना सर्ने आशंकामा नर्स निकाल्ने घरबेटी पक्राउ


दाङ, चैत १८

कोरोना संक्रमणको त्रासले घर भाडामा बस्दै आएकी एक नर्सलाई कोठाबाट निकालेको भन्दै घोराहीमा एक घरबेटी पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई घरबाट निकालेको भन्दै प्रहरीले घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी नारायण आचार्यलाई पक्राउ गरेको हो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत खड्कालाई हस्पिटल जाँदाआउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले कोठामा बस्ने नदिएको गुनाशो आएको थियो । उक्त गुनासोका आधारमा आचार्यलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनु भयो ।

आचार्य घोराही उपमहानगरपालिका–२ को कार्यालयमा वडा सचिव पद्मा कार्यरत रहेको बताइएको छ । मंसिरदेखि कोठा भाडामा बस्दै आएकी खड्का चैत १५ देखि कोठा भाडामा बस्न नपाएको गुनासो आएको थियो ।