जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार २१:४६

प्रमुख जिल्ला अधिकारीद्वारा घरमा नै पुगेर अपाङ्गता भएकी महिलालाई नागरिकता प्रदान 


रामेछाप, १४ जेठ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक अपाङ्गता भएकी महिलालाई घरमा नै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

मन्थली नगरपालिका–१३ की ४९ वर्षकी शान्ति बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफैँ घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । शारीरिक रूपमा अशक्त शान्तिले नागरिकता लिन जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेको कारण नागरिकताको प्रमाणपत्र बनाउन सक्नु भएको थिएन । जसले गर्दा उहाँले पाउने सामाजिक सुरक्षा, स्वास्थ्य उपचार लगायतका सेवा लिन बाधा परेको थियो ।

उमेर पुगेका कुनै पनि नेपाली नागरिक नेपाली नागरिकताबाट वञ्चित हुनु नपरोस् भनि कार्यालयले घरमा नै गएर नागरिकता उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालयले यस अघि पनि यस्ता नागरिकलाई घरमा नै गएर नागरिकता दिँदै आएको छ ।