काठमाडौं, चैत २३
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र मध्यावधि निर्वाचनको विषयलाई लिएर बबण्डर मच्चिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय अगाडी सहमतिको सरकारको विषय सेलाउन नपाउदै मध्यावधिको विषय उठेको हो ।
सहमहामन्त्री प्रकाशशरण महतले एक टेलिभिजन कार्यक्रममा सरकार असफल भएकाले यो संक्रमण लगत्तै मध्यावधि निर्वाचनमा जानुपर्ने विचार राख्नु भएको थियो । अन्तर्वार्तामा महतले असक्षम सरकारले राजीनामा दिनुपर्ने, संक्रमण सकिएपछि, पार पाइसकेपछि अब देश त मध्यावधि चुनावमा जानुपर्ने अवस्था…’ भन्नुभएको छ ।
सहमहामन्त्रीकै धारणा आएपछि प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको खण्डन गर्नुभयो । उहाले ब्यक्तिगत मतहरु केवल ब्यक्तिगत हुने भएकाले यसलाई पार्टीलाई गाँसेर अतिरञ्जित ब्याख्या नगर्न आग्रह गर्नुभयो । उहाले भन्नुभएको छ, ‘संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ– न सहमतिको सरकार न चुनाव । यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी !’
अर्का नेता गगन थापाले पनि यस्तो बेलामा मध्यावधि निर्वाचनको कुरा नगर्न आग्रह गर्नुभएको छ । उहाले लकडाउनमा बस्दा कहिले सहमति त कहिले मध्यावधि निर्वाचनको कुरा नगरौं भन्दै नेताहरुलाई सम्झाउनु भएको छ । ‘लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै लक गरिदिनुहोस्’, नेता थापाको टिप्पणी छ ।
कांग्रेसका दुवै नेताले महतको मागलाई अस्विकार गरिदिनु भएको छ । तर, स्वयम सहमहामन्त्री महत भने आफुले बोल्दै नबोलेको विषय आएको भन्दै खण्डनमा उत्रिनु भएको छ । आफूले बोल्दै नबोलेको कुरालाई राखेर समाचार लेखिएको भन्दै महतले आइतबार विज्ञप्ति निकाल्नु भएको छ । ‘अन्तर्वार्ताका क्रममा मैले कोरोनासंक्रमण सकिएपछि कस्ता(कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई बंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ,’ उहाले विज्ञप्तिमा भन्नुभएको छ, हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसंगलाई तोडमोड गरेर एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ।’
यस्तो छ उहाले भनेको विषयको भिडियो
https://www.facebook.com/shekhar040/videos/10219023536970597/
प्रतिक्रिया दिनुहोस्