जनता टाइम्स

२ बैशाख २०७७, मंगलवार १०:४१

भारतले मे ३ सम्म बढायो लकडाउन (भिडियोसहित)


काठमाडौं, बैशाख २ । भारतले मे ३ सम्म लकडाउन कायम राख्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशबासीको नाममा संबोधन गर्दै कोरोना भाइरसबिरुद्धको लडाई जित्न मे ३ सम्म लकडाउनको समय बढाउने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री मोदीले लकडाउनलाई कडाइका साथ पालना गर्दै आफ्नो राज्यमा नियन्त्रण गर्ने राज्यमा अप्रिल २० बाट सिमित छुटको प्रावधान लागू गर्ने जानकारी पनि दिनुभएको छ । कोरोनालाई फैलन नदिने राज्य र शहरका लागि यो प्रावधान लागू हुने तर बढेको अवस्थामा तत्काल फिर्ता लिने घोषणा पनि मोदीले गर्नुभएको छ ।

https://www.facebook.com/narendramodi/videos/560085087950076/