काठमाडौं, बैशाख ६
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई र धन्यवाद दिनुभएको छ । शनिबार कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्जपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् भन्नुभएको छ, ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ, उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।’ दोस्रो कोरोना बिरामी युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर शनिबार घर फर्किएकी हुन् ।













प्रतिक्रिया दिनुहोस्