जनता टाइम्स

१० बैशाख २०७७, बुधबार १६:२७

उदयपुरका थप तीन जनामा देखियो कोरोना


काठमाडौं, बैशाख १०

नेपालमा कोरोना संक्रमितको सख्या ४५ पुगेको छ । धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर जाँचमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिनुभयो । उहाका अनुसार उदयपुरका २४ वर्षिय, ६० वर्षिय र ७२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

तीनै जनालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सख्या ४५ पुगेको छ भने अहिलेसम्म ७ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भईसक्नु भएको छ ।

आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।