जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार ०९:१४

मौसम : मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना


काठमाडौं, बैशाख ११ । आज (बिहीबार) पनि पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ । यस्तै शुक्रबार पश्चिम तथा मध्य र पूर्वका केही ठाउँमा पानी पर्नेछ । शनिबार भने अलि थोरै पानी पर्ने उहाँको अनुमान छ ।

प्रिमनसुन चलिरहेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्नु स्वभाविक भएको मौसमविद् अर्यालको भनाइ छ ।