जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार १३:१८

पूर्वसचिव उपाध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं, बैशाख ११

साइवर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको साइवर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताउनु भयो ।

प्रहरीले उपाध्यायलाई बुधबार साँझ उहाकै निवासबाट पक्राउ गरेको थियो । उपध्यायले सामाजिक सञ्जालमा विरोधका नाममा निक्कै भद्दा र आपत्तिजनक शब्दहरु प्रयोग गर्दै आईरहेका थिए ।