काठमाडौं, बैशाख १५ । उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पार्टीभित्र अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न नसकिने बटमलाइन सुनाउनु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री भट्टले सत्यको पछि लाग्ने आफ्नो प्रष्ट लाइन भएको भन्दै ओलीको बिकल्प सोच्न नसकिने आफ्नो बटमलाइन सुनाउनु भएको हो ।
नेकपाभित्र राजनीतिक बैचारिक मतभेद नरहेको भन्दै भट्टले एक मिहनाभित्रै के आपत्ति आइपर्यो भन्दै ओलीको बिकल्प खोज्ने नेताहरुलाई प्रश्नसमेत गर्नुभयो । ‘स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई हटाउन सक्दैन, हटाउन हुन्न, हटायो भने दुर्भाग्यपुर्ण हुन्छ, पार्टीनै दुर्घटना हुन्छ, पार्टी एकतालाई ठुलो आघात हुन्छ,’ मन्त्री भट्टले भन्नुभयो ।
उहाँले अध्यादेश फिर्ता भइसकेपछि बहशकोकुनै औचित्य नरहेकोपनि प्रष्ट पार्नुभयो । उहाँले आफू अहिलेको बहशमा सत्यको पक्षमा रहेकोले प्रधानमन्त्री ओलीकै पक्षमा उभिएको पनि प्रष्ट पार्नुभयो । ‘सरकार केपीकै नेतृत्वमा जानुपर्छ भनेको छु, म त्यो मान्यतामा प्रष्ट छु, तलमाथि छैन, यो भनेबापत अध्यक्षको हैसियतले प्रचण्डले मलाई मन्त्री छोड भन्नुहुन्छ भने पनि मलाई आपत्ति छैन, छाडिदिन्छु,’ मन्त्री भट्टले भन्नुभयो ।
अध्यादेश फिर्ता भइसकेपछि त्यसैमा टेकेर निहुँ खोज्ने कुरा ठीक नभएको पनि उहाँले बताउनु भयो ।
https://www.facebook.com/roshan.basnet.313/videos/10216189880000188/
प्रतिक्रिया दिनुहोस्