जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार २२:३८

किम जोङ उनको विषयमा बोल्यो उत्तर कोरिया


प्योङयाङ, बैशाख १५

विभिन्न अडकलबाजी भईरहेका बेला किम जोङ उनका विषयमा उत्तर कोरियाले पहिलो जानकारी दिएको छ । उत्तर कोरियाली नेता उनको स्वास्थ्यका विषयमा विभिन्न अडकलबाजी भईरहेका बेला उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले एउटा समाचार निकालेको छ ।

सो समाचार अनुसार उनले दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई शुभकामना सन्देश पठाएको उल्लेख छ । दक्षिण अफ्रिकाको स्वतन्त्रता दिवसको अवसर पारेर सोमबार शुभकामना सन्देश पठाएको उल्लेख गरेको छ । यद्यपी समाचारमा उनको बाँकी विषयमा भने केही पनि खुलाएको छैन ।