काठमाडौं, बैशाख १६
प्रदेश–५ का मुख्यमन्त्री एंव नेकपा स्थायी कमिटि सदस्य शंकर पोखरेलले पार्टीको पछिल्लो अवस्था बारे नेतृत्व गम्भीर र जिम्मेवार रहेको बताउनु भएको छ । पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय रहनु भएका नेता पोखरेलले सहमति र सहकार्य नै एकताको मूलमर्म रहेको बताउनु भयो ।
मंगलबार सामाजिक सञ्जालबाट उहाले लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने नै छ भन्ने सन्देश दिनु भएको छ । उहाले भन्नुभएको छ, ‘पार्टी एकताको मूलमर्म सहमती र सहकार्य हो । लाखौ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गंभीर र जिम्मेवार हुनेनै छ ।
प्रतिक्रिया दिनुहोस्