जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार ०८:३३

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो, १० लाख ६४ हजार संक्रमित


 

काठमाडौं, वैशाख १८ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप २ हजार ४० २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६६८पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २८ हजार ४२६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६४ हजार ५ सय ३३ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ४११ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ । विश्वमा कोरोनाबाट सवैभन्दा बढि प्रभावित अमेरिका बनेको छ ।