जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १४:०१

अखिल र युवा संघले मिलायो हात धुने ब्यवस्था


विवि श्रेष्ठ/तनहुँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) किो जनबर्गीय संगठन अनेरास्वबियू र राष्ट्रिय युवा संघ तनहुँले जिल्ला सदरमुकाममा हात धुने ब्यवस्था गरेको छ । दुई संगठनले दमौलीको अनसन चौतारीमा विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना रोगवाट हुने संक्रमण रोक्नका लागी सावुन पानीले हात धोऔ, कारोनावाट वचौ भन्ने अभिप्राय स्वरुप पानी ट्यांकी र हात धुने आवश्यक समाग्री राखेका हुन ।

‘कोराना रोगवाट वच्ने मुख्य आधार भनेको हात मिचि मिची धुने हो, त्यही प्रयोजनका लागि राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुद्धारा जनचेतना र हात धुने वानी वसाल्ने अभिप्रायले हात धुनेका पानीटंकी र सावुन पानी राखेका हौं,’ राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष ईश्वर वस्यालले भन्नुभयो । राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुँले जनचेतनाका लागि विभिन्न कार्यक्रम गर्ने योजना अनुरुप यो कार्यक्रम गरिएको अध्यक्ष वस्यालले वताउनुभयो ।

ग्रामिण भेगवाट सदरमुकाम आउने जनताले हात धुने सहज स्थान उपलव्ध होस भन्ने हेतुले यो कार्यक्रम गरिएको अनेरास्ववियू तनहुँका अध्यक्ष डम्वर विकले बताउनु भयो । सवै सर्वसाधारणका लागि हात धुने वातावरण वनेमा यसले कोरोना रोग रोकथामका लागि भुमिका खेल्ने उहाँको भनाई छ । ‘यो हाम्रो सानो जनचेतना जगाउने उद्येश्य हो, जनतालाई सुसिुचित तुल्याउने कार्यक्रम अन्र्तगत राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुँले उक्त कार्यक्रम गरेको हो,’ बिकले भन्नुभयो ।