काठमाडौं, बैशाख २५
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीका अवसर पारेर बुद्धको प्रतिमामा माल्यापर्ण गर्नुभएको छ । बालुवाटारस्थित सरकारी निवासमा निर्माण गरिएको बुद्ध प्रतिमामा माल्यार्पण गर्नुभएको हो ।

बुद्ध जयन्तिको पावन अवसरमा महामानव गौतम बुद्धको संझना र सम्मान गर्दै उहाले माल्यार्पण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

भगवान् गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसर पारेर सरकारले आज साँझ घरघरमा दीप प्रज्वलन गर्न अपिल गरेको छ । कोरोना महामारीकाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैको सम्झाना र सम्मानमा साँझ सात बजे दीप प्रज्वलन गर्न अपिल गरेको छ ।














प्रतिक्रिया दिनुहोस्