काठमाडौं, बैशाख २६
नेपालगञ्जमा एक युवामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पतालको नेपालगञ्जमा परीक्षण गर्दा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप सङ्क्रमणको पुष्टि गर्दै ३० जना निको भएको जानकारी समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्