काठमाडौं, बैशाख २९
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमानामा काँडेतार लगाउने पूर्वप्रधानमन्त्री माधव नेपालको प्रस्तावको स्वागत गर्नुभएको छ । उहाले कोभिड–१९ को महामारी रोक्न देखिएको चुनौतीले पनि खुल्ला सीमाको जटिलता महसुस गराएको बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले काँडेतार लगाउने प्रस्ताव पूर्वप्रधानमन्त्री नेपालले गरेको सुन्दा खुशी लागेको उल्लेख गर्नुभएको छ । ‘भंसारविन्दुका नाका वाहेक अरु ठाउवाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड १९को संक्रमण नियन्त्रणगर्न सहज हुने थियो । तसर्थ सिमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भएपनि नेपाल भारत बीचको सिमानामा तारवारगर्नु आवश्यक छ’, उहाको भनाई छ ।
सामाजिक सञ्जालमा उहाले यसरी लेख्नु भएको छ –
पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो । कोभिड १९को महामारीका विरुद्धको लकडाउन र सिमा नाका वन्दगर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सिमाको जटिलता महसुस गराएको छ ।पछिल्लो समय नेपालमा कोभिड १९ का संक्रमितहरु वढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो । भंसारविन्दुका नाका वाहेक अरु ठाउवाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड १९को संक्रमण नियन्त्रणगर्न सहज हुने थियो । तसर्थ सिमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भएपनि नेपाल भारत बीचको सिमानामा तारवारगर्नु आवश्यक छ। नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्दछ ।सामयिक र दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद ।
प्रतिक्रिया दिनुहोस्