ललितपुर, बैशाख ३१ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित फेला परेपछि ललितपुरको दुई स्थानमा प्रहरीले सिल गरेको छ । पुल्चोकस्थित आरोग्य फाउन्डेसन र निदान अस्पतालमा आज सिल गरिएको छ ।
आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो । कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ । आज बिहानै सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।
केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा कोरोना संक्रमण रहेको पुष्टि भएकी नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान र संगै रहेको निदान अस्पताल पनि सिल गरिएको हो।
प्रतिक्रिया दिनुहोस्