काठमाडौं, जेठ २
कोरोना संक्रमण निक्कै तिव्र गतिमा फैलिने आशंका गरिएपछि राजधानीसहित देशभर लकडाउनलाई कडा बनाउन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गृह मन्त्रालयले राजधानी छिर्ने र बाहिरिनेलाई अहिले कडाई गर्न थालेको छ ।
राजधानी आउने सबै नाकामा अहिले प्रहरी तैनाथ गरिएको छ । गृह मन्त्रालयबाट जारी गरिएको पासले मात्र प्रवेश पाउने नियम बनाइएको छ । यसैक्रममा राजधानी छिर्ने मुख्य नाका नागढुंगाबाट शुक्रबार विहानैबाट प्रहरी, पत्रकारलाई समेत राजधानी छिर्न प्रतिवन्ध लगाइएको छ ।
विभिन्न बहानामा राजधानी छिर्ने प्रयास गरेका उनिहरुले स्पष्ट काम बताउन नसकेपछि फर्काइएको थानकोट प्रहरीले जानकारी दिएको छ । बुटवलबाट सरुवा भएर आएको बताउने प्रहरीले रवानापत्र नदेखाएपछि उनलाई बुटवल नै फर्काइएको छ ।
प्रतिक्रिया दिनुहोस्