काठमाडौं, जेठ ३
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया ति महिलामा कोरोना पोजेटिभ देखिएपनि मृत्यु के कारणले भएको भनेर खुल्न सकेको छैन । उहाले मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पोस्टमार्टमपछि मात्र खुल्ने बताउनु भयो ।
त्यसका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको जानकारी दिनुभयो । कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा नै उनको शव राखिएको छ । उनि ९ दिने सुत्केरी महिला हुन् । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएपछि उनि २५ गते घर फर्किइएकी थिइन् । उनिसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्