जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार ०९:१२

रौतहट र बारामा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो


काठमाडौँ, ५ जेठ  । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगको छ ।बारामा २१ देखि ३० वर्षसम्ममा ७ जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये नेपालमा २ जनाको मृत्यु भइसकेको छ।