सुर्खेत, जेठ १३ । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएअनुसार वीरेन्द्ररनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।
यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ८ मा १६ र १७ वर्षीय दुई जना पुरुष र सिम्ता गाउँपालिका ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको भनाई छ । योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् ।













प्रतिक्रिया दिनुहोस्