काठमाडौं, जेठ २५
कर्णाली प्रदेशमा आइतवार थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले दिउसो दुई बजे दिएको जानकारी अनुसार थप ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये तीन वर्षीया बालिका र १६ वर्षीया युवति रहेका छन् । महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्