तनहुँ, २७ जेठ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट बन्दीपुर–२ कुवादीका पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको हो ।
सोमबार साँझ घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दीपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितुवाले आक्रमण गरेपछि परिवार छुट्टाउन जाने क्रममा चितुवा भागेको थियो ।
प्रतिक्रिया दिनुहोस्