काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ ।
आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सूचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको हो । सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय–सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् ।
सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेलमार्फत पठाउन सक्नेछन् । राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आव सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्