जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार ०८:०५

लोकतन्त्रमा जनता नै शक्तिका श्रोत, जनताको हित नै राज्यको कर्तव्य : शंकर पोखरेल 


काठमाडौं, २७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउनुभएको छ ।

लोकतन्त्रमा शक्तिका श्रोत जनता हुने कुरा बिर्सन नहुने उहाँको धारणा छ । लोकतन्त्रमा जनताको हित गर्नु राज्यको दायित्व र कर्तव्य भएको उहाँले प्रष्ट पार्नुभएको छ ।

लोकतान्त्रिक व्यवस्थामा जनता शक्ति श्रोत हुन् भन्ने कुरा बिर्सिएर जनताको हित विपरीत चिन्तन र व्यवहार गर्न नहुने बताउनुभएको छ । यदि त्यस्तो चिन्तन र व्यवहार गरियो भने त्यो अलोकतान्त्रिक हुने उहाँको धारणा छ ।

‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, जनताको हित नै राज्यको कर्तव्य हो, त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन्’, सामाजिक सञ्जालमा पोखरेलले लेख्नु भएको छ ।