धरान, जेठ २७
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला संक्रमणमुक्त हुनेको सख्या पनि बढ्दै गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका झापाका २८ पुरुष निको भएर घर फर्किएका छन् ।
प्रतिष्ठानमा भर्ना भएका उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार राति ११ बजे डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
झापाको विभिन्न ठाउँका १८ देखि ५६ वर्ष उमेरका समूहका पुरुषहरुलाई एकैपटक डिस्चार्ज गरिएको डा. सापकोटाले बताउनु भयो । उहाका अनुसार प्रतिष्ठानमा भर्ना भएकामध्ये पहिलो पटक १८, दोस्रो पटक तीन र तेस्रो १२ र चौथो पटक २८ जना गरी हालसम्म ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रतिष्ठानमा हाल कोरोना ५५ जना कोरोना संक्रमित उपचाररत छन् ,













प्रतिक्रिया दिनुहोस्