जनता टाइम्स

२ असार २०७७, मंगलवार १६:३४

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि : कुल संक्रमित संख्या ६ हजार ५ सय ९१ पुग्यो


काठमाडौं, असार २ । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको हो ।