काठमाडौं, असार ६ । नेपालले बार्ताबाटै पछिल्लो तनावको समाधान खोज्न भारत र चीनलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनबीच हालै लद्दाखमा भएको तनावका बारेमा नेपाल सरकारको धारणा राख्दै दुवै देशलाई तनाव र उत्तेजना कम गरी वार्ताबाट समाधान गर्न सुझाव दिनुभएको हो ।
“नेपाल सधैँ क्षेत्रीय विकास, शान्ति र स्थायित्वका पक्षमा दृढतापूर्वक उभिएको छ । कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रुपमा गर्न सकिन्छ भन्नेमा नेपालको अविचलित विश्वास छ,” परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, “हाम्रा दुई छिमेकीबीचका सीमाको वास्तविक नियन्त्रण रेखाक्षेत्रमा भएको हताहतका घटनाबाट हामी दुःखी छौं ।”
प्रतिक्रिया दिनुहोस्