जनता टाइम्स

१३ असार २०७७, शनिबार १२:२४

नेकपाको स्थायी कमिटीको बैठक शुरु : दुवै अध्यक्ष सहभागी


काठमाडौं, असार १३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक तेस्रो दिन पनि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा दुवै अध्यक्ष सहभागी हुनु भएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि सहभागी हुनु भएको एक नेताले जानकारी दिनुभयो । बैठकमा सीमा समस्याका विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । हिजो १८ जना सदस्यले धारणा राखेको र आज बाँकी रहेका सदस्यले धारणा राख्ने बताइएको छ ।

यसैगरी सदस्यहरुले सीमा समस्या, कोभिड–१९ को संक्रमण, रोकथाम र उपचारमा भइरहेको काम र सरकारले गरेका कामका बारेमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । असार १० गतेबाट शुरु भएको बैठकमा सातवटा कार्यसूची तय तय गरिएको छ ।