जनता टाइम्स

२१ असार २०७७, आईतवार १२:११

डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने ? : गोकुल बाँस्कोटा


काठमाडौं, असार २१

नेकपाका नेता एंव पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी स्थायी कमिटी विचार र संगठनको मियो हुनुपर्ने बताउनु भएको छ । उहाले प्रतिशोध साध्ने अखाडो बनाउन नहुने स्पष्ट पार्नुभएको छ ।

नेकपाको पछिल्लो विवादका बारेमा सामाजिक सञ्जालमा लेख्दै उहाले अधिवेशन नगरी अध्यक्ष हटाउने र चुनिएको प्रधानमन्त्री कोटरीले हटाउन नसक्ने बताउनु भयो । नेता बाँस्कोटाले डेरावाल हटाउन त करारनामा हेर्नुपर्छ भने घरमुली नै हटाउने त्यो पनि चारपाँचको चुम्लुङले भन्दै प्रतिप्रश्न गर्नुभएको छ ।

उहाले प्रधानमन्त्री ओलीले नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा निकाल्दाको सजाय दिन खोजिएको भन्दै असन्तुष्टि समेत पोख्नु भएको छ ।

यस्तो छ उहाको भनाई

पार्टी स्थायी समिति विचार,सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखाडो ? अधिवेशन नगर्ने अध्यक्ष हटाउने,चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने ?डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङले ? नाकाबन्दी नटेर्दा, चुच्चे नक्शा निकाल्दाको सजाय !