काठमाडौं, असार २५ । नेपालमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
उहाँका अनुसार २४ घण्टामा १ सय ३९ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ जना पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्