सिन्धुपाल्चोक, असार २७ । असार २५ गते बाह्रकिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परी बेपत्ता भएकामध्य एक जना जिवितै फेला परेका छन । प्रहरीले खोजी तथा उद्धारको क्रममा चौबीस घण्टापछि एक जनालाई जीवितै फेला परको हो । यसक्रममा एक जना मृत अबस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले असार २६ गते आएको लार्चा बाढीमा परी बेपत्ता भएका ५७ बर्षीय नाप्चे मगर जिवित अबस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान मगर भोटेकोशी नदीमा जिवित अबस्थामा भेटिनुभएको हो । उहाँको टाउको र खुट्टामा सामान्य चोटपटक लागेको र स्थानीय स्वास्थ संस्थामा उपचार भईरहेको डिएसपी काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै भोटेकोशी गाउँपालिका ५ बुलकुटेमा बाढी र पहिरोमा परेर बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ६ बर्षीय साहिल तामाङ मृत अबस्थामा भेटिएका छन् । शुक्रबार बेलुकी साहिलको शव चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटे स्थित सुनकोशी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी काफ्लेले बताउनुभयो । जम्बु बाढी र पहिरोमा बेपत्ता भएकाहरु मध्य २० बर्षीय निकेश बस्नेत र उनीको डेढ बर्षीया छोरीको लास सोही दिन भेटिएको थियो ।
डिएसपी काफ्लेका अनुसार सो बाढी र पहिरोमा परेर बेपत्ता १७ जना अझै फेला पर्न सकेका छैनन् । भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढी पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्यमा बिपद् ब्यबस्थापन महाशाखाका २७ जना बिशेष तालिमप्राप्त उद्धारकर्मी, नेपाली सेना, प्रहरी, स्थानीय, बेपत्ताका परिवारजन लगायत खोजी कार्यमा जुटिरहेका छन् । काभेपलाञ्चोक, सिन्धुली, रामेछाप नदीमा खोजी गर्न पनि प्रहरीले त्यहाँका प्रहरीलाई खबर गरेको डिएसपी काप्लले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्