मुम्बई, असार २८
कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले दिनमा दुई पटक आफ्नो स्वास्थ्यबारे बुलेटिन जारी गर्ने भएका छन् । बच्चनका बाबु छोरालाई नै मुम्बईको नानावती अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पतालले आइतबार बिहानै दुई जनाको स्वास्थ्यस्थितिबारे बुलेटिन निकालेर जानकारी दिएको छ ।
भारतीय मिडियाका अनुसार दुवै जनामा सामान्य ज्वरो र रुघाखोकी देखिएको छ। अभिषेककी पत्नी तथा अभिनेत्री ऐश्वर्या रायको एन्टीबडी परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आइसकेको छैन ।
अमिताभले हरेक दिन दुई पटक स्वास्थ्य अवस्थाबारे बुलेटिन निकाल्ने जानकारी दिनुभएको छ । सामाजिक सञ्जालबाट पनि आफ्नो अवस्थाबारे जानकारी दिइरहने उहाँले जनाउनु भएको छ । दुबैसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको र बच्चन बाबुछोराकै पुनः पीसीआर परीक्षण गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्