जनता टाइम्स

३० असार २०७७, मंगलवार १५:१२

मेलम्चीको खानेपानी आयोजनाको ड्याम फुट्यो, इन्जिनियरसहित २ कर्मचारी सुरूङमा बेपत्ता


काठमाडौं, असार ३० । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा दुई जना कर्मचारी बेपत्ता भएका छन । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध बगाउँदा आयोजनामा कार्यरत दुईजना कर्मचारी बेपत्ता भएका हुन ।

आयोजनाको मुहानमा रहेको १७ नम्बरको बाँध बगाउँदा आयोजनामन कार्यरत इन्जिनियर २६ वर्षका शतिश बैद्य र गाडी चालक राधाकृष्ण थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका सई सन्तोस बुढाथोकीका अनुसार आयोजनाको काममा गाडीमा सवार उनीहरूसहित चार जनालाई बाँध फुटेपछि बढेर आएको पानीले करिब साँढे साढे १२ बजे गाडी सहित बगाएको थियो । बगाएको केही तल गाडी देखिएपनि बेपत्ताहरू नभेटिएको सई बुढाथोकीले जानकारी दिनुभयो ।

बगाउँदा घाइते भएका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइराखेको छ । यो दुर्घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको तर दुई जना फेला नपरेको बताउनु भयो । परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उहाँहरु अवस्था बुझ्न जाँदा बगाएको हो ।