जनता टाइम्स

३१ असार २०७७, बुधबार १०:५७

अयोध्या विवाद : प्रधानमन्त्री ओलीको पक्षमा यसरी उर्लियो सामाजिक सञ्जालमा जनमत


काठमाडौं, असार ३१

नेपाली राजनीतिमा अहिले एउटा विषय तातेको छ । विषयवस्तु र प्रसंगमा आएका भगवान रामका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको अहिले निक्कै चर्चा छ । विगतमा नेपालकै प्रधानमन्त्री भारत भ्रमणको औपचारिक भ्रमणमा जाँदा समेत समाचार नबनाउने भारतीय मिडिया अहिले प्रधानमन्त्री ओलीले बोलेको कुनै पनि अभिव्यक्तिलाई प्रमुखताका साथ प्रकाशन र प्रशारण गरिरहन्छन् ।

जसले गर्दा भारतका कयौं ठाउमा पनि नेपाल भन्ने देश भारतको उत्तरी छिमेकी मुलुक हो भनेर पहिचान स्थापित गर्न सफल भएको छ । पछिल्लो अभिव्यक्तिको भारतीय मिडिया र नेपालका केही मिडियाले विरोध गरेका छन् । कतिपय मिडियाले त पत्रकारिताको मुल मर्म पनि बिर्सेर ‘बेलगाम बोली’ भनेर विभिन्न मनोविद्का भनाई समेत राख्न भ्याएका छन् । केहीले त सम्पादकिय नै लेख्न भ्याएका छन् ।

तर, फेरी पनि भन्नै पर्द, नेपालका केही ‘राष्ट्रवादी’ नेता र मिडियाको बोली ठ््याक्कै भारतको मिडियाको जस्तो देखिएको छ । सायद यो संयोग मात्र होला र होस् पनि । हामीले समाचारमा आएका कमेन्टलाई यहा प्रस्तुत गर्ने प्रयास गरेका छौं । के छ त सर्वसाधारणको ति समाचारप्रति भनाई भनेर हामीले प्रस्तुत गर्ने कोसिस गरेका छौं । बाँकी तपाईहरु आफै पढ्नुहोस्

नया पत्रिकामा लेखिएको सम्पादकियमा आएका कमेन्टहरु

कान्तिपुर दैनिकमा आएको समाचारका कमेन्टहरु

अनलाइनखवरमा कांग्रेसका नेता गगन थापाको समाचारमा आएका कमेन्टहरु