काठमाडौं, साउन ६
नेपालमा हाल ६९.३४ प्रतिशत संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन् ।
हालसम्म कोरोना जितेर १२ हजार ४७७ जना घर फर्किनुभएको छ । यो संख्या ६९.३४ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा १५० कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १७९९४ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
त्यस्तै काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ८ र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७ ओटा प्रयोगशालामा ३ हजार ९६३ जनाको पिसिआर बिधिबाट परीक्षण भएको थियो ।
हाल क्वारेन्टाइनमा २१ हजार ७०४ जना रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५४७७ जना रहेको छ । त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।अहिलेसम्म ७ वटा जिल्ला कोरोना मुक्त छन् ।
प्रतिक्रिया दिनुहोस्