जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १४:१८

गण्डकी प्रदेशमा थपिए १० संक्रमित


काठमाडौं, साउन ९

गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ १० जनामा कोरोना देखिएको हो । संक्रमित हुनेमा कास्की, लमजुङ , वागलुङ र तनहु जिल्लाका रहेका छन् ।

जसमा १ जना महिला र ९ जना पुरुष रहेका छन् । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३६० पुगेको छ ।