जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १५:११

प्रहरी हेडक्वार्टरका थप २३ मा कोरोना संक्रमण पुष्टि


काठमाडौं, साउन १३

नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । हेडक्वार्टरमा कार्यरत थप २३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २७ पुगेको प्रहरी प्रधान कार्यालयको स्रोतले बताएको छ। प्रहरी प्रवक्ता एआईजी निरज शाहीका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाएको छ ।

२ दिन अघि ४ जनामा संक्रमण देखिएको थियो। एकदम जरुरी परेका बाहेक अन्यलाई हेडक्वार्टरमा प्रवेश गर्न नदिइएको एआईजी शाहीले जानकारी दिनुभयो । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।