जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार २०:०७

सकियो ओली-प्रचण्ड बार्ता : दुवै नेताको यस्तो छ अडान


काठमाडौं, साउन २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, पप्रचण्डबीच दुई साँक्षीसहित भएको आजको बार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा सचिवालय कि स्थायी कमिटी बैठक भन्ने बिषयमा आआफ्नो अडान राखेपछि बार्ता बिनानिश्कर्ष सकिएको हो ।

ओली र प्रचण्डबीच नेकपाभित्रको समस्या समाधानका लागि आज लगातार तेस्रो दिन बार्ता भएको हो । बार्तामा कुनै प्रगति हुन नसकेको सहभागी नेताहरुले बताएका छन । ‘ठोश निश्कर्ष निकाल्ने काम अझै हुन सकेको छैन, समस्याको समाधानका लागि स्थायी समिति कि सचिवालय बैठक बस्ने भन्नेमै दुवै अध्यक्ष आआफ्नो अडानमा हुनुहुन्छ,’ सहभागी एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनसार बार्तामा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सचिवालयको बैठक राखेर साझा प्रस्ताव बनाउनु पर्ने बताउनु भयो । तर प्रचण्डले सचिवालय बैठक बस्न मान्नु भएन ।

‘सचिवालयको बैठक बसौं, त्यही छलफल गरौं र साझा निश्कर्षका आधारमा पार्टीभित्रको समस्याको स्थायी निकास दिने काम गरौं, घरिघरि भडकिने वा बिवाद निस्कने गरी अव जानुहुन्न,’ बार्तामा ओलीको भनाई थियो । तर प्रचण्ड सो प्रस्तावमा सहमत हुनुभएन । ‘स्थायी कमिटी बैठक राखेरै अघि बढौं, सचिवालयको बैठक नगरौं भन्ने साथीहरुको भनाई छ, म त्यसलाई काटन सक्दिन,’ बैठकमा प्रचण्डको भनाई थियो । दुई अध्यक्षबीच यही बिषयमा कुरा नमिलेपछि सवा घण्टा छलफल गरी बार्ता बिना निश्कर्ष टुंगिएको हो । यद्यपी बुधवार ५ बजे पुनः छलफल गर्ने सहमति भने भएको छ । नेकपाभित्र अध्यक्ष ओली बिवादको स्थायी समाधानको पक्षमा देखिनुभएको छ । सधैभरी बिवाद खडा गरेर सरकारको काममा लाग्नै नदिने नियत देखिएपछि प्रधानमन्त्री ओलीले स्थायी समाधानमा जानुपर्ने मत राख्नुभएको छ ।

आजको बर्तामा पनि ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुनुभएको थियो । बार्तामा ओलीले कसैको दुतका रुपमा नभई पार्टीको अध्यक्षका रुपमा जिम्मेवार बनेर निकास दिन प्रचण्डलाई सुझाउनु भएको छ ।