काठमाडौ, साउन २३
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गरिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको छ ।
यसैबीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए । आजको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्