जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १५:३१

प्रमका राजनीतिक सल्लाहकारको आग्रह : प्रवक्ता जी ! नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्


काठमाडौं, साउन २३

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपा स्थायी कमिटि सदस्य विष्णु रिमालले आफ्नै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्नुभएको छ ।

पार्टीमा विवाद भईरहेका बेला एउटा गुटका नेताले भेला गर्दै हिडिरहेका बेला उहाले पदको लाज जोगाउन आग्रह गर्नुभएको हो । “इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्,” रिमालले ट्वीटर मार्फत भन्नु भएको छ । उहाले ‘विधि र पद्धती’को नक्कली गीत नगाउन समेत श्रेष्ठलाई आग्रह गर्नुभएको छ । “बिधि र पद्धतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! ’, रिमालले भन्नु भएको छ ।

ट्वीटरमा रिमालले घुमाउरो शैलीमा नेकपा प्रवक्ता श्रेष्ठ पार्टी एकता विरुद्ध लागेको आरोप लगाउनु भएको छ । उहाले ट्वीटमा भन्नु भएको छ,

Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस् !!!